प्रकाश सपुत र श्रीमतीको विदेश यात्रा

२७ श्रावण २०७६, सोमबार १०:५३

काठमाण्डौ, प्रकाश सपुत प्राय विदेश भ्रमण गरिरहेका हुन्छन ।कार्यक्रमको शिलशिलामा तर यस पटक भने प्रकाशले आफ्नो श्रीमतिलाई समेत लगेका छन् । पहिलो पटक श्रीमान श्रीमती विदेश यात्रामा निस्केका छन् । हिजो साझ प्रकाश र श्रीमती विन्दु सहित कतारमा हुन लागेको कार्यक्रमका लागि उडेका छन् । प्रकाशका अनुसार यो श्रीमतीको पहिलो विदेश भ्रमण हो भने श्रीमान श्रीमतीको पनि संगै पहिलो विदेश भ्रमण नै हो । विवाह भएको झन्डै ७ वर्ष पछि प्रकाशले श्रीमतीलाई विदेश भ्रमणमा लागेको कुरा पनि उल्लेख गरे ।