काठमाण्डौ , राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ नेपालको आयोजना तथा युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद्को सहकार्यमा कार्यक्रम सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवस २०१९ को अवसरमा उक्त कार्यक्रम काठमाडौंमा सम्पन्न भएको हो । शिक्षामा रुपान्तरणू बिषयक कार्यशाला गोष्ठिको प्रमुख अतिथि माननीय तारादेवि भट्ट थिइन भने अन्य अतिथिहरुमा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव ढुंगेल, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा प्रभु बुढाथोकि, श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयका सहसचिव डा नारायण रेग्मी, बिद्यार्थी नेता नैनसिंह महर, युवा तथा खेलकुद मन्त्रालयका उपसचिव सुशिला अर्याल, उद्यमशिलता विकास विज्ञ डा प्रदिपमान तुलाचन लगायत थिए । विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार, शिक्षाविद् लगायतको उक्त कार्यक्रममा सहभागी रहेको थियो । राष्ट्रिय युवा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष कमल सुवेदीको सभापतित्वमा सम्पन्न कार्यशाला गोष्ठीको सञ्चालन महासंघका महासचिव दीपक कार्कीले गरेका थिए ।