प्रिया सिग्देल साझा पार्टीमा

२६ श्रावण २०७६, आईतवार १४:५८

काठमाण्डौ , गएको वर्षकी ‘मिस नेपाल प्रिया सिग्देललाई साझा पार्टीले केन्द्रीय सदस्यमा मनोनयन गरेको छ।

साझा पार्टीको आइतबार बसेको केन्द्रीय समितिको बैठकले सिग्देललाई केन्द्रीय सदस्यका रूपमा अनुमोदन गरेको हो।

‘डेभलप्मेण्ट स्टडिज’मा स्नातक गरेकी प्रिया सिग्देल पिछडिएका महिलाहरूको सशक्तीकरणका लागि काम गर्ने सामाजिक संस्था ुहात्ती हात्तीुकी संस्थापक अध्यक्ष पनि हुनुहुन्छ । उहाँले फिलिपिन्समा भएको मिस अर्थमा नेपालको प्रतिनिधित्व गर्नु भएको थियो । त्यस्तै ‘युवा चेन्ज मेकर’को रूपमा स्विजरल्याण्ड, भारत र बंगलादेशमा आफ्ना प्रस्तुति दिनु भएको छ ।

देश र विदेशमा युवा नेतृत्वकर्ताको रूपमा आफूलाई अघि बढाइरहेकी सिग्देलजस्ता युवा साझा पार्टीमा सामेल हुनु पार्टी निर्माणका लागि अत्यन्तै उत्साहजनक रहेको पार्टीका प्रवक्ता डाक्टर सूर्यराज आचार्यले बताउनुभयो ।