काठमाडौं , प्रादेशिक सरकारले सोमबार सार्वजनिक विदा दिएको छ । इस्लाम धर्मालम्बीहरुको महान पर्व ‘इद ऊल अजाह (बकरिद)को अवसरमा प्रादेशिक सरकारले सोमबार सार्वजनिक विदा दिएको हो । प्रदेश २ सरकारले सोमबार बकरिदको अवसरमा सार्वजनिक विदा दिएको हो । मुख्यमन्त्री लालबाबु राउतले शुभकामना सन्देश जारी गर्दै सोमबार सार्वजनिक विदा दिएको जानकारी दिनु भएको छ ।

