नौ लाख रुपैयाँ घुस रकमसहित पोखरा सडक डिभिजन कार्यालयका प्रमुख पक्राउ

२४ श्रावण २०७६, शुक्रबार १०:२५

पोखरा , नौ लाख रूपैयाँ घुससहित सिनियर डिभिजन इन्जिनियर हरि पोखरेल पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टिमले बिहीबार साँझ साढे ७ बजे इन्जिनियर पोखरेललाई घरबाटै पक्राउ गरेको हो।

सडक डिभिजन कार्यालय पोखरा प्रमुखमाथि विन्ध्यवासिनी हरिचोक सडक निर्माणका ठेकेदारसँग घुस लिएको आरोप छ। अख्तियारको टोलीले सरकारी आवासमै उनलाई नौ लाख घुससहित पक्राउ गरेको हो।