
काठमाडौं , चर्चित गायक प्रकाश सपूत वैवाहिक जीवनमा बाँधिएको सातौं वर्ष लागेको छ । आफ्नो विवाहको सातौं वर्ष गाँठको अवसरमा उनले सामाजिक सञ्जालमा भावुक स्ट्याटस लेखेका छन् । संगीत कर्मबाट अन्यत्र पेशा नगरेको तथा यसबाट आफूले काठमाडौंमा घरसमेत बनाएको बताएका छन् । बोलमा माया, गलबन्दीजस्ता चर्चित गीत गायक उनले कुनै पनि परिस्थितिमा आफू विचलित नभई सांगीतिक क्षेत्रमा रहेको र आगामी दिनमा पनि रहने बताएका छन् ।
