माइतीघर मण्डला नजिकै सेन्टजेभियर्स कलेज अगाडि बम

२२ श्रावण २०७६, बुधबार ११:०८

काठमाडौं , काठमाडौँको माइतीघर नजिकै बम भेटिएको छ । बुधबार बिहानै मण्डला नजिकैको सेन्टजेभियर्स कलेज अगाडि बम भेटिएको हो ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार शंकास्पद बस्तु फेला परे लगत्तै पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले बम डिस्पोजल गरिसकेको छ ।

बम कसले राखेको खुलेको छैन । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।