
काठमाडौं, डा डीआर उपाध्यायका गीतका भिडियो सार्वजनिक भइरहेका छन् । उहाँले केही समय अघि एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गर्नु भएको थियो । त्यसको केही समय पछि तीन एल्बम सार्वजनिक गर्नु भयो । तिनै एल्बमका गीतका भिडियोहरु यतिवेला चर्चामा छन । उहाँको पछिल्लो गीत ‘प्रेमको तिर्खा‘’को भिडियो सार्वजनिक भए संगै चर्चामा आएको छ । सिडी विजय अधिकारीको स्वर, सागर अधिकारी ‘शरद’को सङ्गीत र शाहस साक्यको एरेञ्ज रहेको गीत ‘प्रेमको तिर्खा‘’को भिडियो सार्वजनिक भएको हो ।
प्रहिल कार्कीको निर्देशन रहेको यो गीतको भिडियोमा सुवेक्षा, प्रविन, करण, सुनिल र विभुतिलाई फिचरिङ गरिएको छ । विनय तामाङले छायाँकन गरेको भिडियोमा माधव वेल्वासेको सम्पादन रहेको छ ।
डी आर उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नसालु नजर’, ‘जोहो’, ‘अन्तराप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक’ जस्ता गीति एल्बम स्रोता र दर्शकमाझ आएका छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्यचक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्रघात’, ‘अपवित्र छायाँ’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् ।
केही दिन पहिला गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव कार्यक्रममा डा डीआर उपाध्यायलाई वर्ष ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृति गरिएको थियो । गीतकार सङ्घ नेपालले प्रदान गर्ने ‘वर्ष गीत पुरस्कर’ यो बर्ष ‘सन्तानको शिर उठाउन हजार ठाउँ शिर झुकाउने बाबालाई बिर्सिएर‘’ गीतबाट उहाँलाई ५१ हजार र सम्मानपत्रले सम्मान गरिएको हो । यो गीतमा सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र मनोज राजको स्वर रहेको छ ।
‘हिरो २०१९’बाट सम्मानित गीतकार डा डीआर उपाध्यायले एकै साथ ७ गीति एल्बमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिराकल वल्र्ड रेकर्ड, इण्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेष्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरि सक्नु भएको छ ।
