
काठमाडौं, प्रतिनिधिसभा सांसद प्रदीप गिरीले संसदीय प्रणाली नै खतरामा परेको संकेत गर्नु भएको छ । प्रतिनिधिसभा बैठकको बोल्दै मंगलबार गिरीले संसदीय प्रणाली असफल हुने विभिन्न संकेत देखिएको भन्दै यस्तो बताउनु भएको हो ।
‘प्रतिनिधिसभा भनिएको सभालाई आगामी वर्षमा चलाइराख्ने, गन्तव्यमा पुर्याउने र सफलतामा लैजाने कुरा सजिलो छैन, सभामुख महोदय। बडो चुनौतीको कुरा छ’, सांसद गिरीले भन्नु भयो । ,‘देशका सारा तथ्य, हामीकहाँ रहेको बेरोजगारी, हामीकहाँ रहेको परम्परा, हामीकहाँ रहेको आर्थिक क्रियाकलाप, हामीकहाँ रहेको भ्रष्टाचारले प्रकारान्तरमा यस प्रणालीलाई असफल बनाउने बाटो हेरिरहेका छन्।’
