नेता सिंह अस्पतान भर्ना

२१ श्रावण २०७६, मंगलवार १५:०४

काठमाडौ‌ं‌ , नेपाली कांग्रेसका नेता तथा उपप्रधानमन्त्री प्रकाशमान सिंह अस्पताल भर्ना हुनु भएको छ । मधुमेह र ज्वरो बढेपछि नेता सिंह सोमबार मेडिसिटी अस्पतालमा भर्ना हुनु भएको हो ।

सिंहका स्वकीय सचिव यूपी लामिछानेका अनुसार मधुमेह, ज्वरो र पिसाबको संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको हो। नेता सिंहको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको लामिछानेले जानकारी दिनु भयो ।

स्वास्थ्यमा केही असजिलो महसुस भएपछि नेता सिंह चार पाँच दिनदेखि घरमै आराम गरिरहनु भएको थियो ।