टिक टकमा भाइरल बन्दै पशुपती र सम्झनाको तीज गीत

१९ श्रावण २०७६, आईतवार १९:१८

काठमाडौं, पशुपती शर्मा र सम्झना भण्डारीको गीतमा छोटो समयमै पाँच लाख भन्दा धेरै दर्शक बनाएको छ ।

तीज गीत र पशुपति शर्मा भने पछि सबैले सहजै चिन्ने गर्दछ । तर पनि यो बर्ष पशुपति शर्माको यो साल भने थोरै मात्र तीज गीतहरु सार्वजनिक गर्ने तयारीमा छन ।

यसै अवसरमा शर्माको तेस्रो तीजको गीत भर्खर मात्र सार्वजनिक भएको छ । निकै रमाइलो सो गीतमा विदेश गएर आफ्नो मायालाई विर्सेको कुरालाई गीतले उत्कृष्ट रुपमा उठाएको छ ।

पशुपति शर्मा र सम्झना भण्डारीको आवाज रहेको सो गीतमा पछिल्लो समय सबै नेपालीहरुले भोग्ने कुराहरुलाई राम्रो सँग गीतमा उठाइएको छ ।

दुर्गा पौडेलको निर्देशन रहेको सो गीतमा पशुपति शर्मा,सम्झना भण्डारी,दिपास विसी र सविन ठकुरीको अभिनय रहेको छ ।

गीतको म्युजिक भिडियो हेर्नुहोस