विप्लव निकट विद्यार्थी संगठनका नेता पक्राउ

१९ श्रावण २०७६, आईतवार ११:५२

दाङ , नेकपा विप्लव निकट विद्यार्थी संगठनका केन्द्रीय सदस्य पक्राउ परेका छन् ।

घोराही उपमहानगपालिका १५ ट्राफिक चोक निवासी २९ वर्षीय हेमन्त जिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोद विक्रम शाहले जानकारी दिनुभयो ।

शनिबार साँझ साढे ५ बजे लमहीबाट घोराही आउँदै गरेको लु १ च ७४४३ नम्बरको गाडीबाटै उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।