वडाध्यक्षको निधन

१९ श्रावण २०७६, आईतवार १०:४६

भोजपुर , पौवादुङमा गाउँपालिका १ श्यामशीलाका वडा अध्यक्ष रुद्रबहादुर पाण्डेको निधन भएको छ । ७२ वर्षीय वडा अध्यक्ष पाण्डेको शनिबार साँझ निधन भएको हो ।

निमोनियाबाट पीडित पाण्डेको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरान लगिएको थियो । पाण्डेको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पुर्‍याउनासाथ निधन भएको वडा सदस्य सुवेदीले बताउनुभयो ।

अध्यक्ष पाण्डे केही समय अघिदेखि नै निमोनियाका कारण बिरामी पर्नुभएको पारिवारिक स्रोतले जनाएको छ ।