मुलुकभर दूध अभाव

१९ श्रावण २०७६, आईतवार ०९:४२

milk splash on blue background

काठमाडौं , डेरी उद्योगहरुले उत्पादनमा ३० प्रतिशतले कटौती गरेकाले मुलुकभर मागअनुसार दूध आपूर्ति हुन सकेको छैन । दूध कम उत्पादन हुने लिन सिजनको मध्य समय पर्नु र भारतबाट स्कीम मिल्क पाउडर एसएमपी आयात बन्द हुँदा उद्योगमा दूध अभाव भएको हो ।
दूध आपूर्ति कम हुँदा काभ्रेको पनौतिस्थित अनमोल डेरी बन्द भएको छ भने भक्तपुरको नेभा डेरीले शनिबार बजारमा दूध नै पठाउन नसकेको जनाकएको छ । ‘एसएमपी छैन, झोल दूध पनि स्टकमा नहुने अवस्था छ, दूध आपूर्ति समयमा हुन नसक्दा शनिबार एक पोका दूध पनि बजारमा पठाउन सकिएन,’ नोभा डेरीको उत्पादक कन्ट्री फुड प्रालिका सञ्चालक दीपक खड्काले भने ।

दैनिक २५ हजार लिटरको क्षमता रहेको नोभाको उद्योगबाट १० हजार लिटरमात्र नियमित उत्पादन भइरहेकोमा त्यो पनि घटेर ६ हजार पुगेको छ ।
राजधानीका आसपासमा नोभाजस्ता तीन दर्जन डेरी उद्योग छन् ।

मुलुकभर २०० को संख्यामा डेरी उद्योग दर्ता भइ सञ्चालनमा छन् । करिब ३० अर्ब को लगानी रहेको निजी दुग्ध उद्योगहरुको लगानी डुब्ने खतरा रहेको भन्दै उद्योगीहरुले सरकारसँग दुग्ध आपूर्ति सहज बनाइदिन माग गरेका छन् । यो समाचार कारोबार दैनिकमा छ ।