सधै तमासा तिजको गित चर्चामा

१८ श्रावण २०७६, शनिबार १०:५९

काठमाण्डौं , चर्चित गितकार मोतीराज खनाल र राधा आचार्यको स्वरमा रहेको सधै तमासा तिजको गित बजारमा आएको छ । गितका शब्द मोतिराज खनालले गरेका हुन । गिता पराजुलीको संगित रहेको उक्त गीतको म्युजिक भिडियो सापकोटा प्रोडक्सनले बजारमा ल्याएको हो । चर्चित कलाकार कमल गाउँले, रञ्जु अधिकारी , कृष्ण सापकोटा र भीमा लामाको अभिनय रहेको उक्त गीतको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन् ।

गुरु आमा तथा स्मृति तिमिल्सिनाको निर्देशनमा निर्माण भएको म्युजिक भिडियोलाई सुरेश श्रेष्ठले क्यामेरामा कैद गरेका छन र कमल सौरागले एरेन्ज गरेका हुन् । नजिकिँदै गरेको महिलाहरुको महान पर्व हरितालिका तीजको विशेष अवसर पारेर बजारमा सार्वजनिक उक्त गीतले नेपाली समाजमा रहेका बेथितिहरुको बारेमा उजागर गरेको छ ।

कार्यक्रममा उक्त गिती एल्बम बजारमा ल्याउन योगदान पु¥याउने कलाकार तथा स्रष्टाहरुलाई अर्घाखाची सरोकार समाजले ‘गायक मोतीराज खनाल तथा गायिका राधा अधिकारी प्रमाणपत्र’ प्रदान गरेको छ ।

उक्त अवसरमा समाजले कमल गाउँले, सन्तोष केसी, सुनिल बिसी, रञ्जु अधिकारी, नारायण पाण्डे, सरिता पाण्डे, कृष्ण सापकोटा, लक्ष्मण चापागाँई र गिता पराजुलीलाई सम्मान तथा मायाको चिनो प्रदान गरेको थियो ।