सिर्जना थापा खनालको तीजको दोश्रो कोशेली “ केल्ले मलाई सुहायो” बजारमा

१७ श्रावण २०७६, शुक्रबार १९:२८

काठमाडौँ, गायिका तथा पुर्व संचारकर्मी सिर्जना थापा खनालले तीजको दोश्रो कोशेली “ केल्ले मलाई सुहायो” बजारमा ल्याएकी छन् । आफ्ना सिर्जनामा मौलिकता प्रश्तुत गर्ने क्रममा अघिल्लो वर्ष उनको तीजगीत “माइतीको आँगनी” लाई सर्बत्र रुचाइएको थियो । “पिंढी राम्रो जाँतोले, घरको शोभा ढिंकीले‘‘‘‘केल्ले मलाई सुहायो रातो टिकीले” उनका सिर्जनामा मौलिकता भेट्न सकिन्छ ।

तीजका गीतहरुमा जति आधुनिकता भित्रिएपनि मौलिकतालाई रुचाउने दर्शक श्रोता पनि रहेको उनको विश्वाश छ । “बारी राम्रो तोरीले, घर उजेलो छोरीले,‘‘‘‘ केल्ले मलाई सुहायो फुर्के डोरीले” महिलाले गर्ने शृंगारका कुराहरु उनले गीतमा व्यक्त गरेकी छन् । कहिले कसो पत्रपत्रिकामा लेखहरु लेखिरहने उनले अहिले घरपरिवारलाई समय दिएको भएपनि संचारकर्मबाट चटक्कै माया मार्न भने नसकेको बताइन । यसघि उनि पाल्पाको श्रीनगर एफ एम, काठमाडौँमा मैत्री एफ एम हुँदै त्यसपछि इमेज च्यानलमा प्रस्तोता थिइन् । पाल्पामा जन्मिएकी थापाले पहिले २०६० को दशकमा “पाल्पा धैरेनी” त्यसपछि “तानसेन राम्रो टुँडिखेलैले” “सानु म त आएँ तिम्रो छेऊँ” बोलका गीत गाएकी छन् ।