मंसिर पहिलो साता उपनिर्वाचन गर्न दलहरूको सुझाव

१६ श्रावण २०७६, बिहीबार १४:४९

काठमाडौं , मंसिर पहिलो साता उपनिर्वाचन गराउन राजनीतिक दलहरूले निर्वाचन आयोगलाई सुझाव दिएका छन्। बिहीबार आयोगले बोलाएको सर्वदलीय बैठकमा प्रमुख दलहरूले चाडबाडहरू सकिएपछि मंसिर पहिलो साता निर्वाचन गर्ने गरी तयारी थाल्न आयोगलाई सुझाव दिएका हुन्।

आयोगको छलफलमा सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी कांग्रेससहित १८ दल सहभागी थिए।

बैठकमा नेकपाका केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकी, कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी र मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी थिए।