हातेमालो विना शहर सफाई संभव छैनः श्रेष्ठ

२९ श्रावण २०७६, बुधबार ११:११

ललितपुर, ललितपुर महानगरपालिका वडा नं ५ का अध्यक्ष बिकाशमान श्रेष्ठले स्थानिय टोलको हातेमालो बिना शहर सफाई संभव नहुने बताएका छन् ।

वडाद्वारा हिजो लगनखेलमा आयोजित ुस्वच्छ, सफा, हराभरा वडा बनाउन हाम्रो अभियानु अन्तर्गत स्कुल कलेज र बिभिन्न संघ संस्थाहरुसँग योजना तर्जुमा र अन्तर्किया कार्यक्रममा उनले सो कुरा राखेका हुन । कार्यक्रमलाई सम्बोधन गर्दै उनले टोलको अलाबा स्थानिय स्कूल, कलेज,अफिस लगायत संघ संस्थाहरुको पनि नगर सफाईमा उत्तिकै योगदान रहने कुरामा जोड दिदै त्यहि कुराको महसुस गरेर वडाले अन्तर्किया गर्न शुरु गरेको बताए। ुयो पहिलोचरणको अन्तर्किया हो,यस्ता अन्तर्किया स्थानिय क्लब, बैंक, बित्तिय संस्था, अस्पताल, महिला समूहहरुसँग पनि निरन्तर गरिने छ।ुउनले भने ुअझ फोहोर उठाउने निजी कम्पनीले अहिले वडाको सफाईमा अत्यन्त सकारात्मक भूमीका खेल्ने खास गरेर नेप्सेम्याक तथा बहुउद्देश्यीय कम्पनी धन्यवादका पात्र छन्।ु

२९ वटा वडा भएको ललितपुर महानगरसँग स्रोत र साधन सिमित मात्रामा भएको हुनाले स्वयं ५ नं वडा र महानगरले निजी क्षेत्रबाट शहरको सफाईमा सहयोग मिल्ने अपेक्षा गरेको कुरा उनले राखे ।

ब्रिटिश गोर्खाज् नेपालका प्रतिनिधि मेजर मुक्ति गुरुङ्ले सेनामा कमाण्डरले नीति तयार पार्ने र निर्देशन दिने प्रणाली भएजस्तै वडाध्यक्षले नीति निर्माण गर्ने तथा सफाईमा टोलवासीलाई जागरुक पार्ने काममा कुनै कसर बाँकी नराखेकाले अब टोलवासीले आ(आफू खटेर शहर सफा पार्ने काममा लाग्नु पर्ने बताए ।

कार्यक्रममा वडा नं ५ का सल्लाहकार पुरुषोत्तम ढुंगाना, कुमारीपाटी क्लबका अध्यक्ष केशब खड्का, नेप्सेम्याकका अध्यक्ष लक्ष्मीप्रसाद गेलाल, बहुउद्धेश्यीयका प्रबन्ध निर्देशक एकराज आचार्य लगायतका बक्ताहरुले नगर तथा वडा सफाईमा पहिले पहिले लागेजस्तै भबिष्यमा सक्रिय भैइरहने र अरुलाई पनि सक्रिय रहिरहन आह्वान गरेका थिए।

स्वागत मन्तब्य राख्दै वडा सदस्य अशोक श्रेष्ठले वडाले सफाई, हरियाली तथा सुन्दर वडाको कल्पना गरेको हुनाले सबै पक्षलाई हातेमालो गर्न आह्वान गरे ।

कार्यक्रमको अन्त्य तिर वडा सदस्य पुनम निरौलाले ऊपस्थितीका लागि सबैमा धन्यवाद ज्ञापन गर्दै ०५ नम्बर वडा ललितपुर महानगरको नमुना वडा भएको दाबी पेश गर्दै वडाले उल्लेख्य कामहरु गरिरहेको बताईन । अन्तर्क्रिया कार्यक्रम वडा सदस्य शोभा श्रेष्ठले संचालन गरेकि थिईन्।

जावलाखेलदेखी पश्चिम तथा लगनखेल बसपार्क दक्षिण सातदोबाटोको चक्रपथसम्मको मुख्य भू९भाग रहेको ललितपुर महानगरपालीको वडा नं ५ ले समय समयमा ब्रिहद् रुपमा टोल सफाई तथा सचेतना कार्यक्रम गर्दै आएको छ। वडाले अहिले वडाभित्रका प्रत्येक साना(ठूला सडकमा बत्ती जडानलाई पनि मुख्य प्राथमिकता दिएर ुउज्यालो ५ नं वडाु अभियान नै संचालन गरेको छ। यस्तो उज्यालो अभियानबाट वडावासीहरु उत्साहित बनेका छन ।