हतकडी फुकालेर फरार अभियुक्त थानकोटबाट समातिए

१० भाद्र २०७६, मंगलवार १९:१८

काठमाडौं, हतकडी फुकालेर फरार भएका एक अभियुक्तलाई प्रहरीले काठमाडौंको थानकोटबाट पक्राउ गरेको छ। रामेछापको लिखु तामाकोसी गाउँपालिका १ का रविन नेपाली पक्राउ परेका हुन्।

मोटरसाइकल चोरीमा संलग्न नेपालीलाई बुटवलबाट पक्राउ गरी काठमाडौं ल्याउने क्रममा उनी थानकोटबाटै बिहान फरार भएका थिए।

उनी पहिले पनि मोटरसाइकल चोरी मुद्दामा ५ वर्ष जेल बसेर छुटेको प्रहरीले जनाएको छ।