सरकारी जग्गामा पहुँचवालाको रजाइँ

९ भाद्र २०७६, सोमबार ०८:३९

काठमाडौं , सरकारी जग्गा मिचेको तथा भुमाफियाले बेचेको सम्म तथ्य आइरहेका वेला सरकारले नै विभिन्न संघसस्थालाई कयौँ रोपनी जग्गा भोगचलनका लागि दिएको खुलेको छ । विभिन्न राजनीतिक दलका सरकार बनेका वेला आपूm निकटका संघसस्था, प्रतिष्ठान तथा व्यवसायीहरूलाई जग्गा दिएको खुलेको हो ।

आर्थिक वर्ष २०७५र०७६ को असार मसान्तसम्म तीन सय ५१ संस्थालाई १८ हजार ८ सय पाँच रोपनी सरकारी जग्गा विभिन्न संघसस्था, प्रतिष्ठान र व्यवसायीलाई दिएका छन् । जग्गा पाएका कतिपय संघसस्थाले नियमविपरीत तेस्रो पक्षलाई भाडामा उपलब्ध गराएका छन् । ‘सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति’ लागु भए पनि अहिले सम्म कुनै संघसस्थाले लिजमा परिणत गरेका छैनन् । यो समाचार सौर्य दैनिकमा छ ।