फेसियल हाउस तीज महोत्सव २०७६ सम्पन्न

११ भाद्र २०७६, बुधबार १५:३३

काठमाडौ, फेसियल हाउस तीज महोत्सव २०७६ सम्पन्न भएको छ । संस्कृती जोगाउने उदेश्यका साथ हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको पुर्वसन्ध्यामा आयोजित उक्त तीज महोत्सवमा विभिन्न पेशा व्यवसायमा संलग्न महिलाहरुको उपस्थीति रहेको थियो । सोहि अवसर माझ अग्रज कलाकारद्वय हरिहर शर्मा र शकुन्तला शर्मामा ुशिव पार्वती’ सम्मान समर्पण गरिएको थियो । शर्माद्धयलाई कार्यक्रमकी प्रमुख आतिथी नेपाल महिला चेम्बर कि अध्यक्ष उर्मिला श्रेष्ठले सम्मान गरेकी थिईन् । शर्माद्धयले नेपाली वाङमयका विभिन्न विधा साथै नेपाली नाटक तथा फिल्म क्षेत्रमा पुर्याउदै आएका योगदान र जीवनको हरेक पाइलामा अविचलित रहँदै एकअर्काको सारथी बनेर अगाडि बढिरहेको हरिहर शकुन्तला जोडीलाई शिव पार्वती जोडीको संज्ञा दिँदै उक्त सम्मानबाट विभुषित गरिएको फेसियल हाउसकि प्रवन्ध निर्देशक सुष्मा महराले बताइन् । कार्यक्रममा सभामुख कृष्ण बहादुर महराकी धर्मपत्नी सिता महरालाई लाईफ टाइम अचिभमेन्ट अवार्डबाट विभुषित गरियो । महिला सशक्तिकरणका लागी लोकतान्त्रिक आन्दोलनमा समेत सामेल भएकी उनलाई सोही कार्यको कदर गर्दै अवार्ड प्रदान गरिएको हो ।

सोही कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालको आयोजनामा आगामी भदौ १८,१९ र २० गते पोखरामा हुन लागेको कार्यशाला गोष्ठीको सफलताको शुभकामान सहित आर्थिक सहयोग समेत प्रदान गरियो । प्रवन्ध निर्देशक सुष्मा महराले चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष संदीप सापकोटालाई सहयोग रकम रु २५,००० (पच्चिस हजार) हस्तान्तरण गरेकी हुन् ।
उक्त कार्यक्रममा सुष्मा महराको शब्द, गायिका मीना निरौलाको स्वर तथा नायिका नीता ढुंगानाको अभिनय रहेको तीज गीत ’तीज आयो’को भिडियो विमोचन समेत गरिएको थियो । भिडियो विमोचन पश्चात गायिका निरौलाले आफ्नो प्रस्तुती राखेकी थिइन् ।

कार्यक्रममा फेसियला हाउस कै आयोजना रहेको ‘तीज फोटो कन्टेस्ट’का बिजेताहरुलाई पुरस्कार प्रदान गरिएको थियो । फोटो कन्टेस्टमा मनिशा ओझा प्रथम, रन्जु थापा द्वितिय र पुजा देवकोटा तृतिय भएका थिए ।

कार्यक्रममा विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित ब्यक्तिहरुको उपस्थिती रहेको थियो ।