तिरैमा बोलको तीजगीत बजारमा

२४ श्रावण २०७६, शुक्रबार ११:२२

काठमाडौं , हरितालिका तीजको अवसरमा चमेरो म्युजिकको प्रस्तुतिमा तिरैमाु बोलको गीत बजारमा आएको छ। गीतमा श्रिधर अधिकारी र मन्जु ज्योति पाण्डे गौडेल को स्वर रहेको छ।
गीतको शब्द संगीत पनि गायक श्रिधर अधिकारीको नै छ। बीचबीचमा थेगोको प्रयोगले गीत रमाइलो बनेको छ। गीतमा प्रयोग गरिएको थेगो लक्ष्मण अधिकारीले बनाएका हुन्।

गीतमा राम्जि खाँड़ र मेनुका थापाको अभिनय रहेको छ। बाल्यकालको साथीसंग प्रेमिका धेरैपछि भेट हुदाँ पहिला गाउँघरमा रहँदा गरिने रमाइलोको कुरा गीतमा सम्झना गरिएको छ। गीतो छायांकन करन चैसर, सम्पादन मनोज कार्कीले गरेको हुन् भने निर्देशन मौसम हिमालीले गरेका हुन्।