जुवा खेल्ने नौ जना पक्राउ

२३ श्रावण २०७६, बिहीबार १२:२०

कावासोती , जुवा खेलिरहेका नौ जनालाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासी पूर्व नवलपुरको कावासोती–८ सभापतिचोकस्थित बुद्धि तामाङको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नौ जनालाई पक्राउ गरेको हो । जुवा खेलिरहेको भन्ने सूचना प्राप्त गरेपछि पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

जुवाको खालबाट प्रहरीले रु ८१ हजार ७६५ समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले बताउनुभएको छ । पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।