गायिका तथा सञ्चारकर्मी शोभा त्रिपाठीको तीजगीत ‘दिदी बहिनी’ सार्वजनिक

१८ श्रावण २०७६, शनिबार १३:४७

काठमाडौँ , गायिका तथा सञ्चारकर्मी शोभा त्रिपाठीको ‘दिदी बहिनी’ बोलको तीजगीत सार्वजनिक भएको छ । नेपाली हिन्दुनारीहरूको महान चाड हरितालिका तीजको अवसर पारेर सञ्चारकर्मी त्रिपाठीले लोकप्रिय सर्जक रमेश बिजिको शब्द र गायिका शर्मिला गुरुङको लय रहेको उक्त गीत बजारमा ल्याएकी हुन्।

मौलिक तीजभाकाको रुपमा बजारमा आएको ‘दिदी बहिनी’ बोलको गीतमा गायिका शर्मिला गुरुङ र त्रिपाठीको स्वर रहेको छ। उक्त गीत त्रिपाठीको युटुव च्यानल मार्फत बजारमा आएको छ । जुन गीत दुई लाख बढीले हेरिसकेका छन्।
‘दिदी बहिनी’ को म्युजिक भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन्। राजेश घिमिरेले गीतका दृश्यहरू क्यामेरामा कैद गरेका छन्।विष्णु शर्माले सम्पादन गरेका छन्। यस गीतमा शर्मिला र शोभाको अभिनय देख्न सकिन्छ।