अवरुद्ध रहेको कर्णाली राजमार्ग सञ्चालनमा

१५ श्रावण २०७६, बुधबार १५:५०

कालिकोट , शनिबारदेखि अवरुद्ध रहेको कर्णाली राजमार्ग बुधबार दिउँसोबाट सञ्चालनमा आएको छ । शुभकालिका गाउँपालिका–१ कालेखोलामा पहिरो जादाँ अवरुद्ध भएको राजमार्ग पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो ।

अवरुद्ध राजमार्ग बुधबार साढे ११ बजे देखि संचालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराले बताए ।

पहिरोका कारण चार दिनदेखि बीच बाटोमा अलपत्र परेका सवारी साधन सडक सञ्चालनमा आएसँगै आ आफ्नो गतब्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।