आईएफए फुटसल वर्ल्डकपमा भाग लिन बुढाथोकीको नेतृत्वमा नेपाली फुटसल टोली चाईना जाने

१३ श्रावण २०७६, सोमबार ११:४७

काठमाडौं, अगष्ट १७ देखी २६ सम्म चाईनाको जिंगमेन शहरमा हुन लागेको आईएफए अन्तराष्ट्रीय फुटसलमा भाग लिन पुरुषोत्तम बुढाथोकीको नेतृत्वमा नेपाली फुटसल टोली चाईना जाने भएको छ । अन्तराष्ट्रीय फुटसल एलाईन्सको आयोजनामा हुन गईरहेको आईएफए फुटसल वर्ल्डकपमा अन्तराष्ट्रीय फुटसल एलाईन्स नेपालको तर्फबाट भाग लिन काठमाडौं, कीर्तिपुर नगरपालिका ४ निवासी पुरुषोत्तम बुढाथोकी सहित खेलाडीहरु साजन महर्जन, मीलन नकर्मी, रीतेश पौडयाल, गोविन्द श्रेष्ठ महर्जन, विकास रावत, पुरुषेत्तम थापा, राजन महर्जन, दीपेश नकर्मी, बीक्की सिलाकार, सुवास घलान, सुजल गुरुङ, दीनेश कुमार सिंह, विवेक केसी, सञ्जय हाङराई र कोच बीरकृष्ण महर्जन सहित १६ जनाको टोली अगष्ट १५ तारिखमा चाईना जाने कार्यक्रम तय भएको छ ।

उक्त खेलमा नेपाली टोलीले मर्यादीत भई उच्च मनोवलका साथ खेल प्रदर्शन गर्नेमा आफू विश्वस्त रहेको बुढाथोकीले बताए । साथै, नेपाली फुटसल टोलीले पदक प्राप्त गरि देशलाई बिश्व सामु चिनाउने लक्ष्य लिएको पनि बुढाथोकीले बताए ।