देशका केही भागमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

७ श्रावण २०७६, मंगलवार ११:२३

काठमाण्डौ, देशको पूर्व र मध्यका एक दुई स्थानमा आज भारी वर्षा हुने मौसम पूवानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मनसुन न्यून चापिय रेखा नेपालको दक्षिणतिर अवस्थित रहेको र बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावको कारण पूर्वका अधिकांश साथै मध्य तथा पश्चिमका केहि स्थानहरुमा वर्षाको सम्भावना छ।

पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत बढ्न सक्ने भएकोले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

अहिले देशका अधिकांश भूभागमा सामान्यदेखि पूर्ण बदलि भई केहि स्थानहरुमा मेघ गर्जन सहित वर्षा भईरहेको छ ।