६४ हजार नगदसहित १३ जुवाडे पक्राउ

१३ श्रावण २०७६, सोमबार १४:२१

परासी , पश्चिम नवलपरासीको सुनवल नगरपालिका १२ भतौडीबाट प्रहरीले १३ जुवाडेलाई नगदसहित पक्राउ गरेको छ। स्थानीय बोलेन्द्र खड्काको पोल्ट्री फर्ममा जुवा खेलाइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय सुनवलको टोली त्यहाँ गएको थियो।

जुवा खालबाट ६४ हजार ६ सय रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक विरेन्द्र थापाले जानकारी दिए।

पक्राउ परेका सबैलाई जुवा मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।