निर्मलाका हत्यारा विष्ट हुन्ः राष्ट्रियसभा सांसद खड्का

१३ श्रावण २०७६, सोमबार १५:०८

काठमाडौं , राष्ट्रियसभाका सांसद चन्द्रबहादुर खड्काले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न दीलिप विष्ट नै भएको ठोकुवा गर्नु भएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा खड्काले यस्तो दाबी गर्नु भएको हो ।
समितिमा उपस्थित गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई उहाँले प्रश्न गर्दै भन्नु भयो , ‘‘डीएनए बाहेक अरु सबै कुराले दीलिप नै हत्यारा भएको पुष्टि हुन्छ । यो घटनामा दीलिपको साबिती बयानलाई किन आधार बनाइएन ? कतै हाइ प्रोफाइल खोज्ने नाममा निरअपराधी त फस्दैन ?

धेरैजसो घटनामा साबिति बयानलाई नै आधार बनाएर अभियुक्तलाई सजाय दिइएको बताउँदै उहाँले दीलिपलाई नै निर्मला हत्याकाण्डको मुख्य अभियुक्त बनाउनुपर्ने संकेत गर्नु भयो ।