कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने तयारी

१३ श्रावण २०७६, सोमबार १३:२१

काठमाडौं, कक्षा १२ को परीक्षफल आज प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । परीक्षा बोर्डले परीक्षाफल प्रकाशनका लागि सबै तयारी पूरा भएको र विद्यार्थीको प्राप्तांक रुजु गर्ने कामसमेत सकिएको जनाएको छ ।
कक्षा १२ को परीक्षाफल प्रकाशन गर्न सोमबार साँझ बैठक बोलाइएको छ । परीक्षाफल प्रकाशन गर्ने विषयमा निर्णय गर्न बोर्ड बैठक बोलाइएको हो । यसपटक सबै संकायका परीक्षाफल एकैपटक प्रकाशित गर्ने तयारी छ ।
यसअघि विज्ञान संकायको अलग्गै परीक्षाफल प्रकाशित गरिन्थ्यो ।
गत वैशाखमा सञ्चालन भएको परीक्षामा करिब ४ लाख परीक्षार्थी सहभागी भएका थिए ।