विप्लव समूहका जिल्ला इञ्चार्ज पौडेलको बर्बर हत्याले पञ्‍चायतकालको याद आयोः जनार्दन शर्मा

८ असार २०७६, आईतवार १५:१४

काठमाडौं , नेकपाका नेता जनार्दन शर्माले नेत्रविक्रम चन्द विप्लव समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल हत्याको घटना गम्भीर भएको बताउनु भएको छ । आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेता शर्माले यस्तो बताउनु भएको हो । संविधान हुँदाहुँदै यसबाट बाहिर गएर निर्ममतापूर्वक पौडेलको हत्या हुनु खेदजनक रहेको भन्दै उहाँले आपत्ती जनाउनु भयो ।

उहाँले भन्नु भयो, निर्ममता ढंगले हात खुट्टा छियाछिया पारेर हत्या गरिएको भन्ने सुन्नमा आएको छ।मलाई त्यो बेला धनमायाको हत्याको आद आयो। पञ्‍चायतकालमा बर्बरतापूर्वक हत्या भएको याद आयो। शर्माले यस्तो प्रवृत्तिलाई बेलैमा कारबाही नगर्दा परिवर्तित व्यवस्थाप्रति नै प्रश्नन उठन सक्ने बताउनु भयो । नेता शर्माले निलम्बित सांसद रेशम चौधरीलाई नेल लगाएर उपचार गरेकोमा पनि आपत्ती जनाउनु भयो ।

शर्माले राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्रीलाई तत्काल बोलाएर पौडेलको हत्या विषयमा जवाफ माग्नुपर्ने माग गर्नु भयो ।