
ओखलढुंगा , ओखलढुंगा काण्डमा सहिद भएका क्याप्टेन यज्ञ बहादुर थापाको घर छाउन पूर्वसांसद तथा नेपाली कांग्रेस नेता रामहरि खतिवडाले आर्थिक सहयोग गर्नु भएको छ ।
खतिवडाले प्रजातान्त्रिक आन्दोलनका योद्धा क्याप्टेन यज्ञ बहादुर थापाकी ८५ वर्षीय धर्मपत्नी पूर्णा कुमारी थापालाई घरमै भेटी घरको छानो छाउन आर्थिक सहयोग गर्नु भएको हो । खतिवडाले जस्तापाता खरिदका लागि ४० हजार रुपैयाँ सहयोग गर्नु भएको हो ।
