सर्लाही गोली काण्डबारे मानव अधिकार आयोगले थाल्यो छानविन

६ असार २०७६, शुक्रबार १३:५८

काठमाडौं , राष्ट्रिय मानव अधिकार आयोगले सर्लाही गोली काण्डबारे छानविन सुरु गरेको छ । बिहीवार सर्लाहीको लालबन्दीमा प्रहरी र नेत्रबिक्रम चन्द निकट नेकपा कार्यकर्ताको झडपमा नेकपा जिल्ला अध्यक्ष कुमार पौडेलको मृत्यु भएको घटनाको आयोगले छानविन सुरु गरेको हो ।

आयोगले घटनाको सत्यतथ्यको अनुसन्धान तथा अनुगमन गर्नका लागि प्रदेश नम्बर दुई कार्यालयवाट टोली खटाएको हो । आयोगका प्रवक्ता वेद भट्टराईद्वारा जारी विज्ञप्तीमा घटनास्थल पुगेको आयोगको टोलीले अनुसन्धान गरेर तत्कालै आयोगलाई प्रतिवेदन बुझाउने उल्लेख गरिएको छ ।

नेत्रबिक्रम चन्द निकट नेकपाले पौडेललाई पक्राउ गरिएर हत्या गरिएको दाबी गरेको छ । प्रहरीले भने दोहोरो झडपमा पौडेलको मृत्यु भएको दाबी गरेको छ । ४ जना चन्द समूहका कार्यकर्ताले गोली चलाएपछि जवाफी कारबाही गरिएको प्रहरीले बताउँदै आएको छ ।