
काठमाडौं , अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानका सहायक डिन प्राध्यापक डा शम्भुप्रसाद पटेललाई ५० हजार रुपैयाँ घुससहित पक्राउ गरेको छ।
एक निजी कलेजको सम्बन्धनको नविकरण गरिदिने नाममा ५० हजार घुस लिंदै गर्दा अख्तियारको टोलीले उनलाई बुधबार साँझ कीर्तिपुरको ट्याङलाफाटबाट पक्राउ गरेको हो।
