
काठमाडौं , लोकसेवा आयोगले स्थानीय तहका लागि निकालेको विज्ञापनका विषयमा बुधबार सर्वोच्चले निर्णय दिने भएको छ । विज्ञापनका बारेमा परेका चार वटा निवेदनलाई एकैसाथ हेरेर सुनुवाई गर्ने भएको हो ।
विज्ञापनको विरुद्ध र त्यसलाई खारेज गर्ने संसदीय समितिको निर्णयका विरुद्ध सर्वोच्चमा बेग्लाबेग्लै रिट निवेदन परेका थिए । न्यायाधीशद्वय दिपककुमार कार्की र डम्बरबहादुर शाहीको इजलासले विचाराधीन अन्य निवेदनलाई समेत सहभागी गराएर सुनुवाई गर्ने निर्णय गरेका छन् । सो निर्णयसँगै सबै निवेदनको पेसी बुधबारलाई तोकिएको हो । आयोगले पाँच सय १५ स्थानीय तहका लागि भएको विज्ञापन विवादमा सर्वोच्चमा ४ थान मुद्दा छन् । ३ थान मुद्दा पहिलो सुनुवाई भईसकेका छन् भने स्थानीय तहका कर्मचारीले हालेको निवेदन मंगलबार सुनुवाई भएको छ ।
