
काठमाडौं, नेपाल शैक्षिक परामर्श संघ (इक्यान ) को आयोजनामा बृहत शैक्षिक मेला आयोजना हुने भएको छ । इक्यानको आयोजनामा असार २६ गतेदेखि २९ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा बृहत शैक्षिक मेला हुन लागेको हो ।
चार दिनसम्म चल्ने मेलामा १ लाख बढीले अवलोकन गर्ने अपेक्षा गरिएको छ । इक्यानले हरेक वर्ष शैक्षिक मेला आयोजना गर्दै आएको छ ।
यस वर्षको मेलामा भारत, चीन, अमेरिका, जापान, अष्ट्रलिया, जर्मन, फ्रान्स, डेनमार्कलगायतका मुलुकका विश्वविद्यालयका प्रतिनिधिहरुको समेत सहभागिता रहनेछ ।
