प्रदेश पाँचको बजेट परिणाममुखी छः मुख्यमन्त्री पोखरेल

२ असार २०७६, सोमबार १४:१९

रुपन्देही , पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आन्तरिक राजश्व प्रक्षेपण भन्दा बढी संकलन हुँदा खर्च गर्ने आँट बढेको बताउनु भएको छ । केन्द्रबाट दिने अनुदान नबढे पनि आन्तरिक राजश्व बढेका कारण बजेटको आकार बढेको उहाँको भनाइ छ ।

सोमबार बुटवलमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै उहाँले बजेट घाटाको होइन श्रोत को उपलब्धतासहित छ त्यसकारण बजेट वितरणमुखी भयो भन्ने आरोप गलत भएको बताउनु भयो ।

मध्यावधि खर्चको समीक्षा र आगामी आर्थिक वर्षको बजेटको प्रक्षेपण गर्नु बजेटको सकारात्मक पाटो भएको उहाँको भनाइ छ । आवधिक योजनामा आधारित भएकाले बजेट परिणाममुखी हुने मुख्यमन्त्री पोखरेलले बताउनु भयो ।