समाजवादको लक्ष्य प्राप्त गर्न तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण गरिएको होः प्रचण्ड

२ असार २०७६, सोमबार १३:४४

काठमाडौं , नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीले जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने लक्ष्य लिएको दावी गर्नु भएको छ । अध्यक्ष दाहालले समाजवादको लक्ष्य प्राप्त गर्न जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने गरी तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण गरिएको बताउनु भयो ।
अध्यक्ष दाहालले दुई पार्टीबीचको एकताबाट ऐतिहासिक र असाधारण कामको सुरुवात भएको दोहोर्याउँदै निराश नहुन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नु भयो । जनयुद्धकालका सहिद रितबहादुर खड्काको १७ औं स्मृतिको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सहिदहरुको सपनालाई साकार पार्ने लक्ष्यका साथ पार्टी अघि बढिरहेको दावी पनि गर्नु भयो ।