पहिले हलोजोत्ने किसान कम्यूनिष्ट हुन्थे, अहिले जग्गा दलाल, बालुवा र गिट्टीका ठेकेदार कम्यूनिष्ट बनेकाछनः युवराज ज्ञवाली

१ असार २०७६, आईतवार १२:५२

पहिले गिट्टी कुट्ने कम्यूनिष्ट हुन्थे, अहिले बालुवा र गिट्टीका ठेकेदार कम्यूनिष्ट छन्’ नेकपा स्थायी कमिटीका सदस्य युवराज ज्ञवालीले भन्नु भयो , ‘हलो जोत्ने किसान कम्यूनिष्ट हुनुपथ्यो तर यहाँ जग्गा दलालहरु कम्यूनिष्ट बनेका छन् । सिंहदरवारदेखि बालुवाटारसम्म उनीहरुकै रजगज चलेको छ ।

गरीव बर्गको उत्थान गर्नेभन्दै २००६ सालमा कम्यूनिष्ट पार्टी निर्माण भएको थियो । लामो संघर्षको यात्रापछि कम्यूनिष्ट पार्टी देशको सत्ता सञ्चालनमा छन् । तर सत्ताको स्वाद सर्वहाराले नभई दलाल र ठेकेदारले लिइरहेका छन् ।

संसार बदल्ने कुरा लेखेर वा बोलेर मात्र नहुँने तर्क नेता ज्ञवालीले गर्नु भएको छ । ‘संसार बदल्छु भन्ने कुरा लेखेर बोलेर मात्र हुँदैन, सवैभन्दा पहिले आफै बदलिनु पर्दछ’ ज्ञवालीले भन्नु भयो , ‘आफै बदलिने क्षमता नेताबाट ह्रास भइसक्यो ।’

यतिबेला नेकपाको शक्तिशाली सरकार छ । तर एक बर्षसम्म सरकारको काम जनमुखि हुन सकेको छैन । कम्यूनिष्ट पार्टीका शक्तिशाली ब्यक्ति प्रधानमन्त्री बन्दा समेत लोकल्याणकारी राज्य सञ्चालन नभएपछि निष्ठावान नेताहरुले आक्रोस पोख्न थालेका हुन् । पूर्वएमाले र पूर्वमाओवादीभित्रका बैचारिक नेताहरुले संगठितरुपमा आवाज उठाउने तयारी पनि गरेका छन् । रातो पेजबाट साभार