
काठमाडौँ , संघीय संरचना अनुसार देशका सातवटै प्रदेश सरकारले आर्थिक वर्ष ०७६÷७७ को बजेट आइतबार सार्वजनिक गर्दैछन् । प्रदेश सरकारहरुले आज आइतबार दोस्रो पटक आफ्नो वार्षिक बजेट सार्वजनिक गर्न लागेका हुन् । त्यसका लागि सातवटै प्रदेश संसद बैठक आज बस्दैछन् । केन्द्र सरकारले जेठ १५ मा बजेट घोषणाा गरेपछि प्रदेश सरकारले असार १ मा बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधान छ ।
