सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको केन्द्रीय समितिको बैठक सम्पन्न

१ असार २०७६, आईतवार १०:४५

काठमाडौँ , सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालको केन्द्रीय समितिको बैठकले विभिन्न महत्वका निर्णयहरु पारित गरेको छ । जेठ ३१ गते राजधानीको बालाजुस्थित महासंघको केन्द्रीय कार्यालयमा केन्द्रीय अध्यक्ष होम प्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले केन्द्रीय र संघीय ढाँचा अनुसारको प्रदेशस्तरियसमितिलाई पूर्णता दिनेक्रममा केन्द्रीय उपाध्यक्षमा अनन्त जोशी, प्रदेश नं ३ को संयोजकमा विष्णु कुमार बस्नेत, उपत्यका संयोजकमा तोयानाथ पोखरेल, सहसंयोजकमा भगवान गिरी, सुदुरपश्चिम प्रदेश संयोजकमा दर्जजङ शाहीलाई मनोनयन गरेको छ ।
अध्यक्ष अधिकारीले सरकारले गत हप्ता ५ घण्टाका लागि सार्वजनिक सवारीको भाडावृद्धि गरि फिर्ता लिएको घटनालाई हास्यास्पद भएको बताउनु भयो । समय अनुसार सार्वजनिक सवारीको भाडावृद्धि आवश्यक रहेकोले तत्काल व्यवसायी र उपभोक्ता दुवैको हित हुने गरि भाडाको वैज्ञानिक समायोजन गर्न पनि अध्यक्ष अधिकारीले माग गर्नु भएको छ ।