
काठमाडौँ , प्रतिनिधिसभाको आजको बैठकले पूर्व शिक्षामन्त्री एवं संविधानसभाका तत्कालीन सदस्य धनीराम पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभामुख कृष्णबहादुर महराले राखेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
विसं २०७० को संविधानसभा निर्वाचनमा तत्कालीन एकीकृत नेकपा माओवादी को तर्फबाट समानुपातिक सदस्यका रुपमा निर्वाचित, पूर्वशिक्षामन्त्री एवं हाल नेपाल कम्युनिष्ट पार्टी नेकपा का केन्द्रीय सदस्य धनिराम पौडेलको ५३ वर्षको उमेरमा आज बिहान चितवन माडीमा असामयिक निधन भएको थियो ।
