
काठमाडौं , १५ मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभा बैठक भोलिसम्मलाई सरेको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गुठी विधेयकको विरोध गर्दै अवरुद्ध गरेपछि बैठक १५ मिनेटका स्थगित गरिएको थियो ।
सभामुख कृष्णबहादुर महराले बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गर्नु भएको छ । सूचना प्रकाशित गरी बैठक सारिएको हो ।
