
एजेन्सी , चर्चित अभिनेता गिरिश कर्नाडको निधन भएको छ । उहाँको सोमबार बैंग्लोरमा निधन भएको हो ।
उहाँले आफ्नो पहिलो नाटक कन्नडमा लेखनु भयो र पछि अंग्रेजी भाषामा अनुवाद गर्नु भएको थियो । उहाँले लेखेका ययाति, तुगलक, हयवदन, अन्जु मल्लिगे, अग्निमतु माले, नागमण्डल र अग्नि र बरखाजस्ता नाटक चर्चित छन् ।
कर्नाडलाई सन् १९९४ मा साहित्य एकेडेमी पुरस्कार, १९९८ मा ज्ञानपीठ पुरस्कार, १९७४ मा पद्यश्री पुरस्कार, १९९८ मा ज्ञानपीठ पुरस्कार र १९९८ मा कालिदास सम्मानबाट सम्मानित गरिएको थियो ।
