
काठमाडौं , नेपाली कांग्रेसकी सांसद सितादेवी यादवले वृद्धभत्ताका लागि ७० को उमेरहद हटाउन माग गर्नु भएको छ । संसदमा बोल्दै उहाँले ७० बर्षबाट ६५ बर्ष कायम गर्न उहाँले माग गर्नु भयो । यादवले पुर्ववर्ती सरकारले घोषणा गरेको ४ वटा गम्भीर रोगका विरामीलाई ५ हजार दिने घोषणालाई लागु गर्न सरकारसंग माग गर्नु भयो ।
कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले पनि वृद्धभत्ताको उमेर ६५ वर्ष बनाउन मग गर्नु भयो । ५२ जिल्लाका मानिसहरुको औसत उमेर ६५ वर्षभन्दा तल रहेकोले यो व्यवस्था गर्नु पर्ने उहाँको भनाई छ।
एमाले सांसद सूर्य प्रसाद पाठकले धौलागिरी अंचलको कालीगण्डकी नदीमा मध्यरातमा नियम विपरित बालुवा निकाल्ने काम भईरहेको भन्दै प्रकृतिको दोहान रोक्नका लागि सरकारको ध्यानाकर्षण गराउनु भयो । उहाँले सरकारको ध्यान त्यता जानु पर्ने भन्दै शून्य समयमा सबैलाई सचेत हुन आग्रह गर्नु भयो ।
सांसद बोधमाया कुमारी यादव ले धान खेती लगाउने समय नजिकिदै गर्दा किसानले मल र बिउविज नपाएर समस्यामा परेको तर मलखाद खरिदका लागि आएको १ अर्ब रुपैया फ्रिज हुने अवस्थामा पुगेको भन्दै मलखाद र बिउबिजनको पर्याप्त व्यवस्था मिलाउने काम गर्न कृषि मन्त्रीको ध्यानाकर्षण गराउनु भयो ।
