
अर्घाखाँची , अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका ढाकावांगका एक युवा काठमाडौँबाट हराएका छन् । पछिल्लो ३ दिन देखि सम्पर्क बिहिन रहेका शिशिर खनालको खोजीका लागि परिवारजनले अनुरोध गरेका छन् । खनालसँग भएको मोबाईल नम्बरबाट स्थान पहिचान गर्न खोज्दा प्रहरीले भनेअनुसार ललितपुरको धोवीघाट देखाउँने गरेको परिवारजनले बताएपनि अहिलेसम्म सम्पर्कमा आउँन सकेका छैनन् ।
उनी घरबाट बाहिर निस्किदा रातो रंगको बा ८७ प ७८०४ नम्बरको पल्सर बाईकमा निस्किएका थिए । बाईकपनि कहि कतै फेला परेको छैन । छोरा तिमी कसैको बहकाउमा लागेर कतै हामीबाट टाढा रहेर अल्मलिन खोजेका छौ भनेपनि कृपया हामीलाई सम्पर्क मात्र राख हामीलाई ज्यादै चिन्ता लागिरहेको छ ।
कही कतै कसैले देख्नुभएको छ भनेपनि हामीलाई खबर गरिदिनुहोला । जसका लागि हाम्रो परिवारको मोबाईल नम्बर ९८४७१५६७७२, ९८४३०६०९७९, ९८४७५०९२४४ मा कल गरिदिनुहुन परिवारले आग्रह गरेका छन् ।
प्रहरीलाई खबर गरिदिनुहोला । यो सन्देस हरेक फेसबुक प्रयोगकर्तासम्म पुर्याईदिनुहोला । यदि कसैले देखेको भएमा हामीले हाम्रो छोराको खबर पाउनेछौ । जसले परिवारमा लुटिएको खुशी फर्किनेछ । खनाल डाक्टर पनि हुन । स्रोत हिन्दू खवरबाट
