रुपन्देहीमा बस दुर्घटना, एकको मृत्यु ११ जना घाइते

२० जेष्ठ २०७६, सोमबार १२:३४

कपिलवस्तु , रुपन्देहीको सैनामैना नगरपालिकाको सालझण्डीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बुटवल उपमहागरपालिका–११ देवीनगरका ५० वषीया माया श्रेष्ठ रहेको प्रहरीले जनाएको छ। कपिलवस्तु सदरमुकाम तौलिहवाबाट काठमाडौंका लागि छुटेको लु २ ख ८३९ नम्बरकोे बस आइतबार राति दुर्घटनामा भएको हो। दुर्घटनामा ११ जना घाइते भएका छन्। घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएका बस चालक शिव ढकाल र अन्य दुई जनाको परिचय खुल्न नसकेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ। घाइते हुनेहरुमा कपिलवस्तु नगरपालिका–११ का प्रदीप चौधरी, लक्ष्मीनारायण चौधरी, सैनामैना नगरपालिका–६ रुपन्देहीका राजकुमारी थारु, शुद्धोधन गाउँपालिका–४, कपिलवस्तुका पुष्पा चौधरी, वाणगंगा नगरपालिका–३ बुद्धकुमारी कुँवर, कपिलवस्तु नगरपालिका–११ का अशिसकर आलम, वडा नम्बर १२ का रामसेवक मुराउ, रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का पदमबहादुर थापा रहेको इलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ। घाइते सबैको मर्सिसिटी अस्पताल बुटवलमा उपचार भैरहेको प्रहरीले जनाएको छ।