मुस्ताङी भाषाको फिल्म आमा खाण्डोको ट्रेलर सार्वजनिक

२५ जेष्ठ २०७६, शनिबार १७:००

काठमाडौ , मुस्ताङी भाषाको फिल्म ‘आमा खाण्डो’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा एकल आमाले सन्तानको भविष्यका लागि गरेको संघर्ष देखाइएको छ । ढोन्डुप छिरिङको लेखन र निर्देशनमा बनेको फिल्मको अधिकांश दृश्य उपल्लो र तल्लो मुस्ताङमा खिचिएको छ ।

प्रवीण टक्की कार्की निर्माता रहेको फिल्मलाई अलि रासिद र मनोजकुमार पन्तले खिचेका हुन् । फिल्ममा पेमा डोल्कर, कर्णवीर बलिया, कार्चुङ, न्यिमा डोल्मा, छिरिङ ढोन्डुप, लाक्पा वाङदी, सम्तु गुरुङ भुम्चुङलगायतले अभिनय गरेका छन् ।