नेल लगाएर रेशम चौधरीलाई अस्पताल लैजानेलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

७ असार २०७६, शनिबार १७:००

काठमाडौं, राजपा नेता तथा सांसद रेशम चौधरीलाई नेल लगाएर उपचार गरिएको सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीलाई नेल लगाएर उपचारका लागि अस्पतालमा लैजानेमाथि कारबाही गर्न निर्देशन दिनु भएको हो ।

टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहेका सांसद चौधरीलाई मेरूदण्डसम्बन्धी उपचारका निम्ति अहिले वीर अस्पतालमा राखिएको छ ।