कुषमाण्ड सरोवरी त्रिवेणी धाम अवलोकन

२५ जेष्ठ २०७६, शनिबार १६:४९

काठमाडौं , वैदिक सनातन धर्म , पौरस्त्य संस्कारलाई पूर्विय शास्त्र दर्शन भित्रबाट ओमकार परिवारको उत्कृष्ट ज्ञान वोधको अंगिकार गदै स्थापना भएको कुषमाण्ड सरोवर त्रिवेणी धामको अवलोकन गर्न युवा भाई भगवान बतौला ( हेटौडा )को संयोजन तथा उक्त संस्थाका अध्यक्ष श्री ईश्वरी प्रसाद न्यौपानेको अध्यक्षतामा र कृष्ण प्रसाद नेपाल , नेत्र नाथ धिमाल केशव प्रसाद पराजुली र डिल्ली प्रसाद धिमालका साथै काठमाण्डौबाट त्यहाँ पुगेको टोलीले त्यहाँ तयार हुँदै गरेको १०८ धारा र अन्य उपयुक्त मठ मन्दिरको महत्वका साथै रत्नवती , कर्णवती र कौशावाही नदीको संगम त्रिवेणी घाटको ऐतिहासिक महत्वका बारेमा छलफल गरी उक्त ठाउँको प्रचार प्रसार हुनु पर्ने कुरामा टोलीले जोड दिएको थियो । उक्त टोलीमा नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक तथा राजनीतिक बिश्लेषक बिष्णु प्रसाद शर्मा पनि सहभागी हुनु हुन्थ्यो । शर्माले यो ठाउँलाई प्रचार प्रसार गरी चर्चामा ल्याउनु पर्ने बताउनु भयो । कुषमाण्ड सरोवरी त्रिवेणी धामको अवलोकन गदै शर्माले यो ठाउँ ऐतिहासिक मठ मन्दिरको महत्व रहेको चर्चा गर्नु भयो ।